सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरु


२१ पुष २०७८, बुधबार
deuwa cabinet 1

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । विभिन्न विषयमा निणर्य गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ ।

भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ । भ्रमणका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७