निमित्त वन निर्देशक विष्टविरुद्ध ६ करोड ८७ लाख भ्रष्टाचारको मुद्दा

श्रीमती रुबिलाई पनि प्रतिवादी बनाएर मुद्दा


२१ पुष २०७८, बुधबार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार वन निर्देशनालय धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध ६ करोड ८७ लाख अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनीरुपमा आर्जन गरेकोमा श्रीमती रुबी जिसीलाई प्रतिवादी बनाएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति असुल उपररजफत गरी पाउन मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७