नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण : एकै दिन ४३५ जनामा संक्रमण


२१ पुष २०७८, बुधबार
korona

काठमाडौं । नेपालमा पछिल्लो दिनमा फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको पाइएको छ । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६,७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ३ हजार ५ सयको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने २३९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५,२२५ जना रहेका छन् । जसमध्ये ४,८५२ जना होम आइसोलेसनमा रहेका छन् भने ३७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८४ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७