आँखामा आँशु होइन रगत बोकेर आयो ‘पर्पला’ को पहिलो पोस्टर


२१ पुष २०७८, बुधबार
parpala 61HQfSTJPy

काठमाडौं । अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको सिड्नीमा बस्ने नेपालीहरुले थ्रिलर हरर चलचित्र ‘पर्पला’ निर्माण गरेका हुन् ।

लेखक तथा निर्देशक मनोज अधिकारीका अनुसार अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर यो चलचित्र तयार भएको हो । अष्ट्रेलियामा छायांकन गरेको यो चलचित्रको पहिलो पोस्टरमा अभिनेत्री निखिला बुढाथोकीको आधा अनुहार सार्वजनिक गरिएको छ ।

prapala1641380093

पोस्टरमा अभिनेत्रीका आँखाबाट आँशुको सट्टा रगत बहेको देखाइएको छ । कलेटी परेका ओठमा गम्भीर अनुहार भएको अनुहारले धेरैको ध्यान खिचेको छ । चलचित्रमा निर्माता तथा कलाकार भानु प्रतापको लगानी रहेको छ । ‘पर्पला’ मा पुकार गौतम, निखिला बुढाथोको मुख्य भूमिकामा छन् । त्यस्तै रोजी पन्त, प्रेक्ष्या अधिकारी यस चलचित्रमार्फत सह-नायिकाको रुपमा डेब्यू गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७