‘गैरकानुनी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ’


२१ पुष २०७८, बुधबार
education

काठमाडौं । सरकारले गैरकानुनी शुल्क लिने मेडिकल कलेजलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही हुने चेतावनी दिएको हो ।

शिक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ’गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणमा यो सूचना प्रकाशित गरिएको छ ।’ ऐनमा गैरकानुनी शुल्क लिए सम्बन्धन खारेजसम्मको अधिकार छ ।

ed

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७