सनराइज बैंकले ल्यायो ‘सनराइज रेमिट मुद्दती खाता’


२१ पुष २०७८, बुधबार
sunrise remit11 g2FuPYe0RS

काठमाडौं, २१ पुस । नौलो र समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ।

विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी गराएको छ।

उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ। विदेशबाट श्रम गरी नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिनेछ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७