भारी वर्षा र हिमपातपछि अफगानिस्तानमा संकटकाल घोषणा


२२ पुष २०७८, बिहीबार
himachal snowfall 85omsMXrW6

काठमाडौं । भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालको घोषणा गरिएको छ । वर्षा र हिमपातले जनजीवन प्रभावित पार्न थालेपछि आपतकालीन अवस्थाको घोषणा गरिएको अफगानिस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ । बाढी/पहिरोले धेरैजसो सडक बन्द भएका छन् । काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ राजमार्ग पूणर्रूपमा बन्द भएको छ । थप सङ्कटको सामना गर्न तयारीका लागि मन्त्रालयले प्रभावित क्षेत्रका प्रदेश अधिकारीलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । प्रान्तहरूमा अत्यावश्यक सहयोग र सामग्री पठाइएको र वितरण भइरहेको मन्त्रालयका अधिकारी मुहम्मद अमिन मुबारिजले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७