बाबु-छोराले गरे तीन किशोरको हत्या


२२ पुष २०७८, बिहीबार
Capture1641435909

काठमाडौं । अमेरिकाको टेक्सासस्थित ग्यार्लन्ड प्रहरी विभागले २६ डिसेम्वरमा एउटा सामान बिक्री हुने स्टोरमा तीन जना किशोरको हत्या गरेको आरोप एक जना पिता र उनका चौध वर्षीय छोरामाथि लगाएको छ । बाबु छोराको आक्रमणमा चौथो किशोर गम्भिर घाइते भएका छन् ।

३३ वर्षिय रिचर्ड एकोस्टालाई घटनाको सिलसिलामा प्रहरीले गिरफतार गरेको छ । प्रहरी विभागमा आएर आत्मसमर्पण गरेको उनको जमानत रकम १० लाख अमेरिकी डलर तोकिएको छ । प्रहरीले हाल फरार रहेका उनका छोरा एवेल एलियास एकोस्टाको खोजी गरिरहेको छ । उनीमाथि ति किशोरहरु माथि गोली चलाएको आरोप लगाइएको छ ।

अधिकारीहरुले सार्वजनिक गरेको सर्भेलियन्स फुटेजमा आफ्नो पिताको पिकअप ट्रकबाट बाहिरिना साथ एवेलले बिना कुनै चेतावनी ति पीडितहरुमाथि अन्धाधुन्ध गोली चलाएको र त्यसपछि फर्केर तीव्र गतिमा ट्रक चलाएर भागेको देखिएको समाचारमा उल्लेख छ । प्रहरीले फरार एवेलको हुलिया सार्वजनिक गर्नुका साथै अनुसन्धान जारी रहेको जनाएको छ । हत्या गर्नुको उद्देश्य अझै थाहा हुन नसकेको बताइएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७