एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयाघातबाट निधन, जिल्ला अधिवेशन स्थगित


२२ पुष २०७८, बिहीबार
nimprasad roka

रोल्पा । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको ह्दयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयाघातबाट उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।

नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले गए राति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको जानकारी दिए । रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।
रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमाले केन्द्रीय सदस्य कुमार दसौदीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७