जिल्ला कमिटीका लागि एमालेले तोक्यो तीन बुँदे मापदण्ड, ७७ जिल्लालाई सर्कुलर

इलाममा एमालेले ४० जनालाई सम्मान गर्ने, जिल्ला अधिवेशनमा ८०६ प्रतिनिधि


२२ पुष २०७८, बिहीबार
21 Shares
amale 2 1

काठमाडौं । नेकपा (एमाले) को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।

यी हुन् मापदण्ड :
१-पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
२- सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।
३-एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३ (११) अनुसारको हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

इलाममा एमालेले ४० जनालाई सम्मान गर्ने, जिल्ला अधिवेशनमा ८०६ प्रतिनिधि
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं जिल्ला अधिवेशन शुक्रबार शुरु हुँदैछ । शनिबारसम्म चल्ने अधिवेशनका लागि सबैजसो तयारी पूरा भएको एमाले इलामले जनाएको छ ।

ncll 2

सदरमुकामको सिटी हलमा अधिवेशनको उद्घाटन र बन्दसत्र हुनेछ । एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अधिवेशन उद्घाटन गर्नेछन् । अधिवेशन तयारीका लागि बसेको जिल्ला सचिवालय बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको एमालेले सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

jagdamba.cement

पार्टी स्थापना र सञ्चालनका लागि लामो समयदेखि योगदान गर्ने ४० जनालाई अधिवेशन उद्घाटन अवसरमा सम्मान गर्ने तयारी एमालेको छ । सम्मानित हुने व्यक्तिको नामसमेत सचिवालय बैठकले पारित गरेको छ । बैठकले कुल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनीत गरेको छ ।

अधिवेशनमा जिल्लाभरका ८०६ प्रतिनिधि सहमागी हुने प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार अधिवेशनमा आउने प्रतिनिधिका लागि सदरमुकामका ५९ होटल बुक गरिएका छन्। ३५ स्वयंसेवकलाई सामान्य प्रशिक्षण दिएर खटाइएको छ । जिल्ला अधिवेशनले १०५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । निर्वाचित कमिटीमा क्लस्टअनुसारको सदस्य सहभागिता संख्या कति रहने भन्ने चाहिँ यकिन भइसकेको छैन ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७