राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत


२२ पुष २०७८, बिहीबार
thumb 4

काठमाडौं । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई चार वर्षका लागि कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले जानकारी दिए ।
मन्त्रालयका सचिव दामोदर रेग्मीको अध्यक्षतामा गठित तीन सदस्यीय सिफारिस समिति गठनको सिफारिसमा बस्नेतलाई नियुक्त गरिएको हो ।

सरकारले २०७२ सालमा राष्ट्रिय युवा ऐनमार्फत युवाको क्षेत्रमा काम गर्नका लागि परिषद् गठन गरेको हो । परिषद्ले अहिले युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । यसअघि परिषद्को कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल रहेका थिए ।

झापा दमक स्थायी घर भएका बस्नेतले पत्रकारिता र राजनीतिशास्त्र विषयमा स्नातकोत्तर उत्तीणर् गरेका छन् । बस्नेतले अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष, सचिव र प्रवक्ता जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७