सुदूरपश्चिममा कारोना सङ्क्रमित बढ्न थाले


२२ पुष २०७८, बिहीबार
corona 29BOsbqV70

डोटी । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको संख्या १६२ पुगेको हो ।

छिमेकी मुलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ । भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको संख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक/एकजना सक्रिय सङ्क्रमित छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय सक्रमितको संख्या बढ्न थालेको जनाउँदै यहाँका नागरिकमा चिन्ता थपिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७