विद्यार्थीलाई ओमिक्रोनबाट जोगाउन खोप दिइँदै, यस्तो छ तयारी


२२ पुष २०७८, बिहीबार
corona khop 1
फाइल फोटो

काठमाडौं । काठमाडौंमा आउँदो सातादेखि विद्यालयबाट कोभिड-१९ विरुद्धको फाइजर खोप दिने तयारी गरिएको छ ।

यसअघि, खोपका लागि प्रयोग हुने सिरिन्ज अभावका कारण रोकिएको फाइजर खोप कार्यक्रम आउँदो सातादेखि सञ्चालन गर्ने तयारी गरिएको हो । काठमाडौंमा मात्रै फाइजर खोप लिने १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या दुई लाख ५० हजार आकलन गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार सुरुमा विद्यालयस्तरबाट फाइजर खोप दिइनेछ । यदि, विद्यालयमा सो उमेर समूहका बालबालिका खोप लगाउन छुटेमा स्वास्थ्य संस्थाबाट पनि खोप प्रदान गरिनेछ । बालबालिकाले आफूलाई पायकपर्ने स्वास्थ्य संस्थामा गएर खोप लिन सक्ने छन् । सोहीअुनसार पालिकाहरूबाट तथ्यांक संकलनको काम भइरहेको र तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७