देशलाई असफल बनाउन पाइदैन, गतिरोध अन्त्यका लागि सहमतिको बिन्दु खोजौं : रामचन्द्र पौडेल


२२ पुष २०७८, बिहीबार
Ramchandra Poudel

काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउन राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठक पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको उनले जानकारी दिए । उनले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताए ।

‘नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन भन्ने मेरो भनाई हो । सबै नेताहरुलाई मैले अनुरोध गर्‍या छु । कुनै न कुनै सहमतिको विन्दु खोजौं । तर, यो अदालतको अवरोध, संसदको अवरोध, यो मुलुकमा एमसीसीको अवरोध जति पनि अवरोधहरु छन्, सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुपर्‍यो भन्ने कुरा मैले गरें । मैले १५/१६ बुँदे एउटा सुझाव पनि प्रस्तुत गर्‍या छु भोलि त्यसमा छलफल हुन्छ,’ पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७