चितवनमा जलपंक्षी गणना थालियो


२२ पुष २०७८, बिहीबार
7 Shares
birds
फाइल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपंक्षी गणना भइरहेको छ । बुधबारबाट शुरु भएको गणना शुक्रबार सम्पन्न हुने बताइएको छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपंक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपंक्षी गणना गर्ने गरिएको छ ।

जनवरी १ बाटै कोशी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो । नेपाल पंक्षीविद् सङ्घको बागमती प्रदेश संयोजक वासु विडारीका अनुसार बिहीबार बीस हजारी ताल र आसपासका क्षेत्रमा गणना भइरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बाटुली, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्रमा बिहीबार १९ जना विज्ञले गणना गरिरहेको उनले जानकारी दिए । गणकहरूले बुधबार लोथरखोलाबाट कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरेका थिए ।

ncll 2

वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार शुक्रबार छुटपुटका ठाउँमा र पश्चिम चितवनमा गणना गरिँदै छ । राप्ती नदीको घठगाइबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ ।

jagdamba.cement

वर्ड एजुकेसन सोसाइटी, नेपाल पक्षीविद् संघ, हिमालयन नेचर, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना भइरहेको छ । पहिलो दिन ४२ जना गणकले गणना गरेका थिए । चौधरीले बाइनाकुलार क्यामेरा, जीपीएस, साउन्ड रेकर्डरलगायतको प्रयोग गरी चराको गणना गरिएको बताए । गतवर्ष चितवनमा ५५ प्रजातिका नौ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

नेपालमा ठूलो संख्यामा चीनबाट जलपक्षी आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउने गरेका छन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले बताए । नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चराको गणना गर्ने गरिन्छ । यस गणनामा फोटोग्राफरको पनि सहभागिता हुने गर्दछ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७