गुट अन्त्य गरेर चुनावमा गए मात्र कांग्रेस पहिलो पार्टी बन्छ : डिला संग्रौला


२२ पुष २०७८, बिहीबार
dila

मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गुट अन्त्य गरेर निर्वाचनमा गए मात्र पार्टीले जित हासिल गर्न सक्ने बताएकी छिन् ।

प्रेस युनियन मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता संग्रौलाले पार्टीको महाधिवेशन सकिइसकेकाले गुट-उपगुट बिर्सेर तीनै तहको निर्वाचनमा जुटे मात्र पार्टीले जित हासिल गर्न सक्ने बताइन् । गुट-उपगुट कायमै राखेर निर्वाचनमा गए कांग्रेसले लज्जास्पद हार व्यहोर्ने भन्दै उनले महाधिवेशनको इगो नराख्न उनले आग्रह गरिन् ।

उनले भनिन्, ‘तीनै तहको निर्वाचन नजिकै आइसकेको छ । यसैले कांग्रेसलाई पहिलो पार्टी बनाउन सबैले गुट-उपगुट त्याग गर्नुपर्छ ।’
नेता संग्रौलाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गर्न नहुने बताइन् । उनले भनिन्, ‘गठबन्धनबाट चुनाव लडे कांग्रेस फेरि पनि दोस्रो पार्टी बन्ने छ ।’ दुईतिहाइ मत पाएर पनि सरकार सञ्चालन गर्न असफल भएबाट कम्युनिस्टहरूले मुलुकको नेतृत्व गर्न सक्दैनन् भन्ने सिद्ध भइसकेको भन्दै उनले अब देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने दाबी गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७