४३ अंकले बढ्यो शेयर बजार, साढे तीन अर्बको कारोबार


२२ पुष २०७८, बिहीबार
28 Shares
share

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्सेमा ४३ अंकको उत्साहजनक वृद्धि आएसँगै परिसूचक २,६९२ अंकमा पुगेको छ ।

यसक्रममा आज नेप्सेमा तीन अर्ब ६७ करोड रुपैयाँको ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको परिसूचक अन्तिमसम्मै बढेर बन्द भएको हो । यससँगै यो साताको पाँच कारोबार दिनमा तीन कारोबार दिन बढेको छ ।
आइतवार ६० अंकले बढेको नेप्सेमा सोमबार ३२ र मंगलबार ६३ अंकको वृद्धि आएको थियो । हिजो बुधबार लगानीकर्ताले नाफा बुक गर्दा नेप्से परिसूचक ३० अंकले खुम्चिएको थियो । तीन दिनको वृद्धिपछि नाफा बुक गर्नतर्फ लागेका लगानीकर्ता आजै बजारमा फर्किँदा नेप्से ४३ अंकले बढेको हो । योसहित साताभरमा नेप्से परिसूचक १६८ अंकले बढेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

परिसूचक बढे पनि आज व्यापार समूह १९ अंकले र उत्पादनमूलक समूह ५ अंकले खुम्चिएको छ । यसबाहेक अन्य सबै समूहमा उत्साहजनक सुधार आएको छ । आज निर्जीवन र जिवन बीमा तथा होटल/टुरिजम समूहमा उल्लेख्य सुधार आएको छ । नेप्सेमा तेह्रथुम पावर कम्पनी र नेपाल फाइनान्सको सेयर मूल्य समान १०/१० प्रतिशतले बढेको छ । यस्तै, मध्य भोटेकोसी जलविद्युतको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

ncll 2

खासगरी, नेपाल राष्ट्र बैंकले लिएको दुई वटा नीतिले नेप्सेमा सकारात्मक सुधार आइरहेको छ । केन्द्रीय बैंकले विदेशबाट हुने अनियन्त्रित आयात नियन्त्रण गर्ने र मुद्रा विदेशिनबाट जोगाउन नयाँ व्यवस्था गरेको थियो । यस्तै, स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपका रूपमा गणना गर्न वाणिज्य बैंकहरूलाई अनुमति दिएसँगै नेप्से उकालो लागेको हो । यी दुई वटा नीतिले तरलतामा सुधार आउने लगानीकर्ताको अपेक्षा छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७