केन्द्रीय सुरक्षा समितिसँग गृहमन्त्रीले गरे छलफल


२२ पुष २०७८, बिहीबार
thumb 1 3

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्री खाँणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृह मन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताए ।

सह सचिव काईरालाले भने, ‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतिका विषयमा छलफल गरियो । यसका साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भयो । यसका साथै सम्माननीय प्रधानमन्त्री ज्यूको भारत भ्रमणको सुरक्षा व्यवस्था, तथा केही द्वीपक्षिय सुरक्षाका विषयमा छलफल भयो । सुरक्षाको विस्तृतिकरण गर्ने विषयमा छलफल भएको छ । त्यो विषय हामी सार्वजनिक गर्दैनौं ।’ सह सचिव कोइरालाले बैठकमा सुरक्षाको विस्तृतिकरणको विषयमा पनि छलफल भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७