बढ्दै कोरोना संक्रमण : आज थपिए ५४० संक्रमित


२२ पुष २०७८, बिहीबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ७,२०९ परीक्षणमा ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

यस्तै ४,८९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ९९ परीक्षणबाट ५४० जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमा हालसम्म ८ लाख ३० हजार ४८० जना संक्रमित भएका छन् ।

cccccccccc 0612022123429 1000x0 1

२४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट १ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ५,४३१ जना छन् । २४ घण्टामा १ लाख २० हजार ६५३ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो केहि दिनयता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७