मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, अनलाइन भुक्तानी झन् सहज हुने


२२ पुष २०७८, बिहीबार
mega bank

काठमाडौं, २२ पुस । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सीधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा बिना कुनै मौज्दात, बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेटको प्रयोग गर्न सक्नेछन् ।

मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन् ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७