आज देशभर वर्षा, हिमाली र उच्च पहाडमा हिमपात


२३ पुष २०७८, शुक्रबार
snowfall

काठमाडौं । आज (शुक्रबार) बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् । प्रदेश-१ र प्रदेश-२ का एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ ।

आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश-१, प्रदेश-२, वागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेकाले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्नेभन्दै विभागले चिसोवाट बच्न र हिमपातवाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७