भवनमा आगलागी हुँदा अमेरिकामा आठ बालबालिकासहित १२ जनाको गयो ज्यान


२३ पुष २०७८, शुक्रबार

काठमाडौं । अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा आठ बालबालिकासहित १२ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाइ भएको उद्धारकर्मीले जनाएका समाचार संस्था एपीले जनाएको छ । विद्युत् सर्ट भइ आगलागी भएकोे हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भवनको धेरैजसो भागमा क्षति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७