बौद्धमा कोठाभित्रै युवक-युवती मृत भेटिए

हत्यापछि आत्महत्याको आशंका


२३ पुष २०७८, शुक्रबार
161 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक-युवती कोठामै मृत फेला भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी सुदिप गिरीका अनुसार बिहीबार राति संखुवासभा घर भई फैका बस्ने २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका-५ घर भई जिमीसँगै बस्ने २२ वर्षीया युसुना राईको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको प्रहरीले बताएको छ । बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरुबीच के/कसरी घटना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए । ‘कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएपछि प्रहरीलाई खबर आएको हो,’ उनले भने ।

ncll 2

घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । घटनास्थलबाट धारिलो हतियार बरामद गरेको जनाएको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७