बालुवाटारमा प्रधानमन्त्री र सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता


२३ पुष २०७८, शुक्रबार
gathabandhan

काठमाडौं । सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताबीच भेटवार्ता भएको हो ।

शीर्ष नेताबीचको छलफल अहिले पनि जारी रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल गर्न उहाँहरु बस्नु भएको हो,’ मल्लले भने । सत्तारुढ दलका शीर्ष नेताबीचको छलफलमा राजदूत नियुक्तिको विषयमा पनि कुरा हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७