कर्णाली प्रदेशसभाको अधिवेशन आह्वान


२३ पुष २०७८, शुक्रबार

कर्णाली । कर्णाली प्रदेशसभाको नवौं (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निणर्यबमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा बैठक पुस २८ गते बुधबार दिउँसो ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि, गत मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७