नेपालमा पनि फैलिंदै ओमिक्रोन, थप २४ जनामा संक्रमण पुष्टि


२३ पुष २०७८, शुक्रबार
Omicron Virus KNmtMCm4wM

काठमाडौं । नेपालमा थप २४ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ । पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट १ हजार १४६ वटा नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो । सो नमूनाहरुमध्ये २५० वटामा एस जिन नेगेटिभ देखिएको थियो । एस जिन नेगेटिभ देखिएकाहरुमध्ये २४ वटामा भने ओमिक्रोन पुष्टि भएको मन्त्रालयको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७