राष्ट्रियसभाको बैठक सर्‍यो, अब पुस २७ गते बस्ने


२३ पुष २०७८, शुक्रबार
Parliment house samsad bhawan q scaled

काठमाडौं । राष्ट्रियसभाको बैठक सारिएको छ । संघीय संसद् सचिवालयले विशेष कारणवश भन्दै आइतबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित भएको सूचना प्रकाशित गरेको हो ।

पुस २५ गते बोलाइएको बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २७ गते बस्ने गरी सारिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

गौतमद्वारा आज जारी सूचनामा भनिएको छ, ‘मिति २०७८ साल पुस २५ गते आइतबार अपराह्न १ः०० बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्ष ज्यूले २०७८ साल पुस २७ गते मङ्गलवार अपराह्न १ः०० बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

सभाको पुस ५ गतेको बैठकले अर्को सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो ।

House postpond notice 1 20220107074954

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७