हुनमानढोकामा मल्लकालीन शिलालेख तोडफोड आरोपमा एक महिला पक्राउ


२३ पुष २०७८, शुक्रबार
Shilalekh1641126667

काठमाडौं । बसन्तपुर हनुमानढोका दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा मल्लकालीन शिलालेख तोडफोड आरोपमा एक महिला पक्राउ परेकी छिन् । उनलाई महानगरीय प्रहरी बृत्त जनसेवा न्युरोडले आज पक्राउ गरेको हो । ती महिलालाई केही बेरमा महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गर्ने जनाइएको छ ।
अहिले महिला महिलाको बयान लिइरहेको र विस्तृत विवरण केही बेरमा आउने प्रहरीले जनाएको छ । गत पुस १५ गते बिहीबार शिलालेख तोडफोड गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७