एक्लै बस्दै आएकी महिला मृत फेला : विस्तारामा रगत, घर छेउकै भीरमा भेटियो शव


२३ पुष २०७८, शुक्रबार

पाल्पा । पाल्पा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तानसेन नगरपालिका-६, कुनसरे निवासी कृष्णबहादुर थापाकी ६५ वर्षीया श्रीमती सरस्वती थापा आज (शुक्रबार) घरदेखि करिब १५० मिटर तल दक्षिण भिरमा मृत फेला परेकी हुन् ।

शुक्रवार बिहान उनका ३६ वर्षीय छोरा गणेश थापा आमाको घरमा चिया लिएर जाँदा ढोका र आमाको बिस्तारा रगत देखिएको र खोजतलास गर्दै जाँदा उक्त स्थानमा मृत फेला देखिएको बताएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्यर त्वातीले जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले बताएका छन् । उनका श्रीमानको मृत्यु भई सकेको र उनी घरमा एक्लै बस्ने गरेको र घटना शङ्कास्पद रहेकोले अनुसन्धानबाट पत्ता लाग्ने डिएसपी त्वातीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७