इटालीबाट भारत आएका १३ जना कोभिड संक्रमित क्वारेन्टिनबाट भागे


२३ पुष २०७८, शुक्रबार
korona india

नयाँदिल्ली । इटालीबाट भारत आएका कम्तीमा १३ जना कोभिड-१९ संक्रमित संस्थागत क्वारेन्टिनबाट भागेका छन् । बुधबार अपरान्ह चार्टड फ्लाइटमा मिलानबाट १२५ कोभिड संक्रमित यात्रुहरू पञ्जाबको अमृतसर आएका थिए ।

तीमध्ये ९ जना विमानस्थलबाट र अरू चारजना एउटा स्थानीय अस्पतालबाट भागेका नगर अधिकारी शेरजंग सिंहले बताए । उनीहरूविरुद्ध मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । भारतमा शुक्रबार एक लाख भन्दा बढी संक्रमित भएको बताइएको छ । विज्ञहरू ओमिक्रोन भेरियन्टका कारण तीव्र रूपमा संक्रमण वृद्धि भएको ठान्छन् । इटालीबाट भारतका लागि भएको सो उडानमा कुल एक सय ६० यात्रु थिए । करिब १९ जना बालकालिका एवं शिशुको भने परीक्षण गरिएन ।

टिभी फुटेजहरूले संक्रमितहरूलाई अस्पताल लान लामबद्ध एम्बुलेन्सहरू देखाएका छन् । सबै संक्रमितलाई अमृतसरको गुरु नानक देव अस्पतालमा भर्ना गरिएको अधिकारीले बताएका छन् । ती यात्रुहरू कसरी भागे भन्ने स्पष्ट भएको छैन । तर, उनीहरूले स्वास्थ्यकर्मीहरूलाई झुक्याएको हुन सक्ने अधिकारीको भनाइ छ । प्रहरीले उनीहरूको राहदानी रद्द गर्ने प्रक्रिया सुरु गरेको बताएको छ । ‘उनीहरू बिहानसम्म फर्किएनन् भने हामीले उनीहरूको फोटो पत्रिकामा छाप्छौँ र उनीहरू विरुद्ध मुद्दा दर्ता गर्छौ’, अमृतसरका डेपुटी कमिसनर गुरप्रीत सिंह खेराले बताए ।

कोभिड-१९ संक्रमणमा वृद्धि भएपछि अन्य राज्यहरूले जस्तै पञ्जाबले पनि प्रतिबन्धहरूलाई पुनः लागु गरेको छ । पञ्जाबले मंगलबारदेखि रात्रीकालीन अस्थायी कर्फ्यू लागु गरेको छ भने सबै विद्यालय एवं कलेजहरू बन्द गरेको छ । भारतमा अहिलेसम्म तीन करोड ५० लाख भन्दा बढी कोभिड संक्रमित भएका छन् । झण्डै चार लाख ८३ हजारको कोरोना भाइरसको कारण मृत्यु भएको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७