अभिनेत्री मिमी चक्रवर्तीलाई कोरोना संक्रमण


२३ पुष २०७८, शुक्रबार
mimi q7lqkAfIJR

मुम्बई । अभिनेत्री तथा टीएमसी सांसद मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । आफू कारोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘म निकै सावधानी अपनाइरहेकी थिएँ । तर पनि कोरोना संक्रमित भएकी छु’ उनले अगाडि लेखेकी छन् ‘पछिल्लो केही दिनयता म घरबाट बाहिर निस्किएकी छैन ।

पब्लिकसँग भेटेकी पनि छैन ।’ आफू डाक्टरको रेखदेख र होम आइसोलेशनमा रहेको समेत बताएकी खुलाएकी छन् । भनिन्, ‘सुरक्षित रहन र माक्स लगाउन सबैलाई अनुरोध गर्दछु ।’

बलिउडमा पछिल्लो समय थुप्रै सेलिब्रेटी कोरोना संक्रमित भएका छन् । जसमा अभिनेता अर्जुन कपुर, करिना कपुर, सीमा खान, महेश बाबु, शनाया कपुरलगायत रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७