नौं जिल्लाका सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)


२३ पुष २०७८, शुक्रबार
griha home

काठमाडौं । गृह मन्त्रालयले नौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । मन्त्रालयले इलाम, बझाङ, रुकुम पश्चिम, बाजुरा, दार्चुला, ओखलढुंगा, झापा, सुर्खेत र बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो ।

गृहले एक सहसचिवसहित १४ जना उपसचिवको सरुवा गर्दा गृहमा रहेका सहसचिव रमेश ढकाल बागलुङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएका छन् ।

मन्त्रालयमै रहेका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङ ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएका छन् । त्यस्तै, परमानन्द घिमिरे रुकुम पश्चिम र माधवप्रसाद ढुंगाना इलामको प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएका छन् ।
इलामका प्रजिअ ध्रुवबहादुर खड्का, बाजुराका प्रजिअ गोपालकुमार अधिकारी, दार्चुलाका प्रजिअ सिद्धराज जोशी र ओखलढुंगाका प्रजिअ बन्दना राई गृह मन्त्रालय तानिएका हुन् ।

हेर्नुस् सूची

saruwa1 0712022115245 1000x0 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७