चिसोले कठ्यांग्रिएर एकको मृत्यु


२३ पुष २०७८, शुक्रबार
death

पर्सा । पर्सामा चिसोले कठ्यांग्रिएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पटेर्वासुगौली गाउँपालिका-२ रङगपुरटाडीका ७५ वर्षिय बृद्ध टीकाराम थापा रहेका छन् ।

लमजुङको बेसीसहर नगरपालिका घर भइ हाल रङगपुरटाँडी र आसपासका गाँउमा भीख माग्दै आएका थापाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको वडा नम्बर २का वडाअध्यक्ष वीजय गैरेले जानकारी दिए । वडाअध्यक्ष गैरेका अनुसार सडकपेटीमा राति सुतेका थापा शुक्रबार बिहान ३ बजेतिर मृत भेटिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७