सहकारीप्रति जनताको विश्वास गुम्दैछ : मन्त्री श्रेष्ठ


२३ पुष २०७८, शुक्रबार
shashi shrestha sahakarimantri LynYEOeDzG

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको ब्याजदर घटाउनुपर्ने बताएकी छिन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री श्रेष्ठले सहकारी स्थापनाको मर्म भावना र उद्धेश्यअनुसार ब्याजदर घटाउनु पर्नेमा जोड दिइन् ।

‘ब्याजदरको सन्दर्भमा कुरा गर्दा बैंकमा ब्याजदर बढ्दा सहकारीमा पनि बढ्ने र तर घट्दा नघट्ने प्रवृति नेपालमा छ, त्यसकारण सहकारीको ब्याजदर बढाउने होइन, देखिएका अप्ठ्यारा अर्को कुनै तरिकाबाट फुकाउन पर्छ र सहकारी जसका लागि हो उनीहरुका लागि व्याजदर बढाउने नभई घटाउनुपर्छ’ उनले भनिन् ।

मन्त्रालयले भिजन पेपर तयार पारीरहेको मन्त्री श्रेष्ठले बताइन् । संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूणर् हुने उनको भनाइ रहेको थियो । उनले पछिल्लो समय सहकारीप्रति जनताको विश्वास गुम्दै गएको समेत बताइन् ।

नेपाल सहकारी पत्रकार समाजको ११ औं वार्षिक साधारणसभाले काजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तुलसी सुवेदी, सचिव अर्जुन खतिवडा, सहसचिव भेषराज वेल्वासे, कोषाध्यक्ष प्रयास श्रेष्ठ र सदस्यमा सन्तोष रोकाय र सुधा देवकोटा निर्वाचित भएका छन् । नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिनालाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष यादव हुमाँगाई, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा, पाँचतारा साकोसका भोलानाथ पाठकलगायतले मन्तय राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७