गोरखा पुगेर गगनको गर्जन : कांग्रेस कार्यकर्ताले अब बाबुरामलाई होइन रुखमै भोट हाल्छन्


२३ पुष २०७८, शुक्रबार
gagan thapa DEbpDKb6iq

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा कांग्रेस कार्यकर्ताले अबको चुनावमा रुख चिन्ह बाहेक अन्त भोट हाल्ने अवस्था नआउने प्रष्ट्याए ।

अघिल्लो निर्वाचनमा कांग्रेसको समेत सहयोगमा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव जितेको सन्दर्भमा थापाले यसो भनेका हुन् । कांग्रेस गोरखाको नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले भट्टराईप्रति लक्षित गर्दै यसो भनेका हुन् ।

केन्द्रमा बाबुराम अध्यक्ष रहेको जनता समाजवादीसहितको पाँच दलीय गठबन्धन रहेको अवस्थामा उनले अब कांग्रेसले कसैलाई नसघाउने पनि तर्क गरे। उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिन्ह बाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’

आगामी वैशाखमा स्थानीय चुनाव हुने उनले बताए । ‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आम चुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानून यही हो र अदालतले संसद् पुनःस्थापना गर्दा भनेको पनि यही हो’, उनले भने । थापाले पार्टीका नेता कार्यकर्तालाई विधानअनुसार गतिविधि गर्न निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७