थप ६ सहसचिवको सरुवा, को कहाँ पुगे ?


२४ पुष २०७८, शनिबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले शुक्रबार साँझ सरुवा गर्ने निणर्य गरेका हुन् ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेल गृह मन्त्रालय वा यसअन्तर्गतको निकाय सरुवा भएका छन् ।

संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव राम आधार शाह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिवप्रसाद रेग्मीलाई वन मन्त्रालय सरुवा गरिएको छ । यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि संघीय मामिला मन्त्रालयको अतिरिक्तमा रहेका भगवान् अर्याललाई लगानी बोर्डमा सरुवा गरिएको छ ।

उता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बद्रीनाथ अधिकारीलाई गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सरुवा गरिएको छ । मन्त्रालयले यसअघि गत मंगलबार मात्र १० जना सहसचिवको सरुवा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७