बालकको हत्या आरोपमा चार पक्राउ


२४ पुष २०७८, शनिबार
pakrau
फाइल फोटो

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमा एक बालकको हत्याको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षण ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम सर्वजनिक गरिएको छैन । यसबारे थप १५ जनालाई सोधपुछका लागि आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । गाउँको पूर्वपट्टि रहेको उखुबारीमा शुक्रबार मन्टु मृत अवस्थामा फेला परेका दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७