१६ महिनादेखि थन्क्याइएको रेल इन्जिनको पुन: परीक्षणका लागि गुडाइयो


२४ पुष २०७८, शनिबार
rail2022 01 08 03 13 10

धनुषा । १६ महिनादेखि त्रिपाल ओढाएर धनुषाको ईनरुवा स्टेशनमा थन्काएर राखिएको दुवै रेलको इन्जिनलाई शनिवार पुनः परीक्षण गरिएको छ ।

खरिद गरिएको लामो समयपछि एउटै स्थानमा राखिएकोले दुवै रेलको इन्जिनलाई शनिवार कुर्थासम्म गुडाईएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले लामो समयदेखि एउटै स्थानमा राखिएका रेल इन्जिनलाई ट्रायलको लागि चलाएको बताए ।

खरिद गरेर नेपाल आएदेखि रेल नचलाउदाँ दुवै रेलका ईन्जिनका ब्याट्री, चक्काको पिस्टन, जेनरेटरलगायत खराब भएका थिए । शनिवार कुर्था ल्याउनु अघि दुवै रेलको इन्जिनलाई मर्मत सम्भार गरिएको महाप्रबन्धक झाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७