सकारात्मक सोच्ने तन्नेरीहरूको आवश्यकता छ : गगन थापा


२४ पुष २०७८, शनिबार
GaganThapa 1

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताएका छन् ।

देशमा धेरै कुराहरू बिग्रेको उल्लेख गर्दै उनले त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले तन्नेरीहरू जोसिला हुने भन्दै त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको औंल्याए ।

नेपाललाई योभन्दा धेरै माथि पुर्‍याउने संकल्पसहित आफूले अबको १०/१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि उनले दोहोर्‍याए । उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७