पुस्तकालयमा पढ्न झिसमिसेमै लाम


२५ पुष २०७८, आईतवार
61da2539e3d6c edu IJoQjEM5Oi

काठमाडौं । खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्छन् । ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उनी बताउँछन् ।

लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहेका पाठकको बिहानदेखि साँझ ६ बजेसम्म पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको पनि दैनिकी उस्तै छ । उनले पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारी गरिरेहेका छन् ।

पाठक र रिजाल मात्रै होइन, अहिले दैनिक सयौँ विद्यार्थी केन्द्रीय पुस्तकालयमा पढ्न बिहानै कीर्तिपुर पुग्ने गरेका छन् । पुस्तकालयभित्र बसेर अध्ययन गर्न विशेष र सामान्य गरी दुईथरी अध्ययन कक्ष छन् । विशेष अध्ययन कक्षमा विद्यार्थीको आकर्षण बढी छ । यसमा तीन कोठा छन् । एउटा कोठामा ४० जना बस्न पाउँछन् । पुस्तकालयका प्रमुख पूणर्लाल श्रेष्ठका अनुसार तीन कोठामा १२० जना मात्रै अटाउँछन् ।

समयमै नआउने हो भने बस्न कुर्सी अभाव हुने र भित्र छिर्नै नपाउने त्रासका कारण विद्यार्थी एकाबिहानै लाइन लाग्ने गरेको उनले बताए । यो कक्ष बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्छ । यसमा बिजुली, पानी, शौचालय तथा आरामदायी कुर्सी छन् । इन्टरनेट सुविधा पनि छ । साथै आफ्नै पुस्तक लगेर पढ्न पनि पाइन्छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७