रियल मड्रिडसँग भ्यालेन्सिया पराजित, बार्सिलोना रोकियो


२५ पुष २०७८, आईतवार
122630178 kb TXJrElaYC7

काठमाडौं । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई ४-१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । पराजित टोली भ्यालेन्सीयाका गोन्कालो गुएडेसले एक गोल फर्काए ।

जितसँगै मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २१ खेलबाट रियाल मड्रिडको ४९ अंक भएको छ । दुई खेल कम खेलेको सेभिया ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

स्पेनिस लिगकै अर्को खेलमा बार्सिलोनालाई ग्रानाडाले १-१ गोलको बराबरीमा रोकेको छ । ग्रानाडाको मैदानमा भएको खेलमा बार्साका लुक डे योङले पहिलो गोल गरेका थिए । तर, ग्रानाडाका एन्टोनियो पुएर्तासले ८९ औं मिनेटमा एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । गए रातिका अन्य खेलहरुमा रियल मयोर्काले लेभान्तेलाई २-० ले हराउँदा रियाल सोसिडाडले सेल्टा भिगोमाथि १-० को जित निकाल्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७