मुगुका आगलागी पीडितलाई सहयोग


२५ पुष २०७८, आईतवार
money new
सांकेतिक तस्विर

मुगु । मुगुका आगलागीपीडित परिवारलाई आठ लाखभन्दा बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो ।

गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीमा २१ घर जलेर खरानी भएका थिए भने ती घरमा व्यवसाय गर्दै र भाडामा बस्दै आएकाहरूको व्यापारी तथा घरायसी सामान गरी ३५ करोड बढीको क्षति भएको थियो । आगलागीपीडित परिवारमध्ये हाल आठ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालमा र अन्य व्यक्ति बजारमा भाडामा बस्दै आएका छन् ।

सहयोग हस्तान्तरण गर्न पीडितपरिवार बसेको पालमै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले सङ्कलित सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा ८३ परिवारलाई प्रतिपरिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र खाद्यान्नभन्दा अब घर निर्माणमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले प्रदान गर्न आग्रह गरे । दावाछिरिङ लामाबाट रु २० हजार, दावाछिरिङ जिग्मे तोर्चे लामाबाट रु २० हजार, खारीगाउँका १३ घरबाट रु २७ हजार, मनमान बुढाबाट रु २० हजार बराबरको बत्ती सहयोग प्रदान गरेका थिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७