प्रधानमन्त्री देउवाले आज पीसीआर परीक्षण गर्दै


२५ पुष २०७८, आईतवार
deuwa

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार) पीसीआर परीक्षण गर्ने भएका छन् । आइसोलेसनमा बसेका देउवाले आज पीसीआर परीक्षण गर्न लागेका हुन् ।

बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकमा सहभागी केही नेताहरू कोरोना संक्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेको उनका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।

उनी सरकारी निवासमै एकान्तवासमा बसेका हुन् । आज पीसीआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निणर्य लिइने भानु देउवाले बताए । सर्वदलीय बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संक्रमण देखिएपछि एकान्तवासमा छन् । प्रधानमन्त्री देउवाले शनिबार बिहान बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७