खराब मौसमले आन्तरिक उडान प्रभावित


२५ पुष २०७८, आईतवार
Airport 2

काठमाडौं । खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित भएका छन् । त्रिभुवन विमानस्थल (टीआईए) का अनुसार आइतबार बिहानदेखि नै केही तराई क्षेत्रका एयरपोर्टहरु (विमानस्थल) मा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् ।

टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिङटार गरी पाँच वटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् । अन्य केहीँ विमानस्थलहरु भने घाम लागेसँगै सुचा हुन थालेको त्रिभुवन विमानस्थल (टीआईए) का प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिए ।

यद्यपि, उक्त गन्तव्यहरुमा जाने कति उडान प्रभावित भएको भन्ने हालसम्म जानकारी नआएको उनले बताए । तर, यता अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या नरहेको प्रवक्ता सिटौंलाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७