राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइने


२५ पुष २०७८, आईतवार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिएकोमा ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको थियो । सोही अनुसार आज निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ भने आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

प्रदेश-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ । त्यस्तै प्रदेश-२ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि उम्मेदवारी दिएको छ । बागमती प्रदेश अन्तर्गत नेपाल मजदुर किसान पार्टीको पनि उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७