एकैपल्ट २० हजार प्रहरीको बढुवा गरिंदै

वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार थपिंदै


२५ पुष २०७८, आईतवार
police
फाइल फोटो

काठमाडौं । नेपाल प्रहरीमा एकैपल्ट २० हजार प्रहरीको बढुवा गरिने भएको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित गरेसँगै यति ठूलो संख्यामा प्रहरीको बढुवा हुन लागेको हो ।

मन्त्रिपरिषद्ले पारित गरेको नियमावलीमा प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने प्रावधान राखिएको छ । सरकारको यो निणर्य राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले पछिल्लो निणर्यबाट तल्लो तहका प्रहरीमा सकारात्मक सन्देश गएको बताए ।

१०/१२ वर्षसम्म पनि एकै तहमा रहनुपर्ने, बढुवा नहुँदा जागिर छाड्ने, निराशा बढ्दै गएको भन्दै प्रहरी प्रधान कार्यालयले तह बढुवाको प्रक्रिया अगाडि बढाएको थियो । प्रहरीमा तल्लो दर्जाको मनोबल वृद्धिका लागि के गर्न सकिन्छ भन्नेबारे समिति नै गठन गरे अध्यय समेत गरिएको थियो ।

लामो समयसम्म बढुवा नहुँदा प्रहरीमा दैनिक ६ जनाले जागिर छाड्ने गरेका छन् । प्रवक्ता कुवँर भन्छन्, ‘सरकारको पछिल्लो निणर्यबाट खासगरी तल्लो तहका प्रहरी कर्मचारीको मनोबल उच्च हुने अपेक्षा छ । संगठनमा नयाँ गति पैदा हुनेछ । उनीहरुको सेवा-सुविधामा समेत बढोत्तरी हुनेछ । काममा नयाँ ऊर्जा थपिन्छ ।’

प्रहरीको नियमावली संशोधन प्रस्ताव लागु भएसँगै कायम दरबन्दीबाट ३३ प्रतिशत प्रहरी कर्मचारी सहायक हवल्दार हुनेछन् । ४६ हजार जवानमध्ये १५ हजार बढी जवान सहायक हवल्दार हुनेछन् भने तीन हजार ७०० हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार बढी सई वरिष्ठ सईमा बढुवा हुनेछन् । बढुवा प्रक्रियामा ज्येष्ठता क्रमलाई हेरिनेछ । प्रहरीमा हाल ७६ हजारको दरबन्दी कायम छ । दरबन्दीअनुसारको पूणर् जनशक्ति भने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७