मेरो सरकार असफल बनाउन कांग्रेसले कर्मचारीलाई उर्दी नै जारी गरेको थियो : ओली


२५ पुष २०७८, आईतवार
kp sharma oli 1

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असफल बनाउन नेपाली कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको आरोप लगाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताएका हुन् । उनले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गरे । अहिलेको सरकारले कर्मचारीतन्त्रलाई आफू अनुकूल काम गराउन बाध्य पारेको उनको आरोप थियो ।

‘तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ’, उनले भने, ‘तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन ।’ सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेको समेत अध्यक्ष ओलीले आरोप लगाएका छन् । ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलन रोकेर शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध गएको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७