‘एमसिसी एक्काइसौं शताब्दीको इष्ट इन्डिया कम्पनी हो : धर्मेन्द्र बास्तोला

‘यथास्थितिमा ‘दलाल’ र ‘पुँजीवादी’ सँग हामी कुनै निर्वाचनमा सहभागी हुन्नौं’


२५ पुष २०७८, आईतवार
119 Shares
Dharmendra Bastola

बाँके । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले यथास्थितिमा आफ्नो पार्टी कुनै निर्वाचनमा सहभागी नहुने बताएका छन् । जनपत्रकार संगठन बाँकेले आइतबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनबारे छिट्टै पार्टीमा छलफल गरेर निर्क्यौल गरिने प्रष्ट्याए ।

‘अहिलेको अवस्थामा जनमत संग्रहको चुनाव गराऔं, त्यो भयो भने हामी भाग लिन्छौं, यही अवस्थामा ‘दलाल’ र ‘पुँजीवादी’ सँग हामी चुनावमा भाग लिदैनौं,’ उनले भने । आफ्नो पार्टीले जनमत संग्रहबाट चुनाव गराउनुपर्ने माग गरेको उनले जोड दिए । ‘हामीले के भनेका छौं भने जनमत संग्रहको निर्वाचन गरौं, प्रगतिशिल राज्य प्रणाली निर्क्यौल गरौं, नेताहरु चुनिएर जानुपर्छ, गाउँको पनि चुनाव गर्नुपर्छ, प्रदेशको पनि चुनाव गर्नुपर्छ, भोलि केन्द्रको होला, सरकार चाही चुनावबाटै गराउनु पर्छ,’ उनले थपे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा उठेका कुनैपनि कुराको विषयमा जनमत संग्रहबाट निर्क्यौल गरिनुपर्ने बताए । तर, जनताले राजतन्त्र अन्त्य गरिसकेकाले त्यो माग नगर्ने विश्वास गरे । आगामी चुनावमा पार्टीलाई कसरी प्रस्तुत गर्ने भन्ने बारेमा आसन्न पार्टीको केन्द्रीय समिति बैठकमा छलफल गर्ने बताए ।

ncll 2

पछिल्लो चरणमा नेपालमा अत्यन्तै ठूलो खतरा पैदा भएको बताउँदै नेता बास्तोलाले अमेरिकाले एमसिसीमार्फत नेपाललाई आफ्नो प्रान्तको रुपमा कब्जा गर्न खोजेको जिकिर गरे । ‘एमसिसी एक्काइसौँ शताब्दीको इष्ट इन्डिया कम्पनी हो, नेपालको राष्ट्रलाई अमेरिकाको प्रान्तको रुपमा कब्जा गर्ने यो खालको षडयन्त्र एमसिसिमार्फत भइराखेको छ,’ पार्टीका विदेश विभाग इन्चार्ज समेत रहेका बास्तोलाले भने, ‘एमसिसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिन्छ ।’ नेपाल नै यस कम्पनीको मातहतमा चल्नुपर्ने प्रावधान एमसिसीमा राखिएको उनको दाबी छ ।

jagdamba.cement

अर्को प्रसंगमा उनले सरकारसँग भएको सहमति अझै कार्यान्वयनमा नआएको गुनासो गरेका छन् । ‘तत्कालीन सरकारसँग भएको तीन बुँदे सहमति मध्ये हाम्रो पार्टीमाथिको प्रतिबन्ध चाही हटाइयो, तर अझै पनि मुद्दा फिर्ता गरिएको छैन, बन्दीहरुलाई रिहाई गरिएको छैन,’ नेता बास्तोलाले भने। पार्टीका १५० जना जति बन्दीहरु थुनामा रहेको मध्ये ८० देखि ९५ जना अझैपनि जेलमा रहेको बताए । ‘५०/६० जना जति छुट्नु भयो, त्यसमध्ये सहमतिबाट कोही छुट्नु भएको छैन, म बाहेक सहमतिबाट अरु कोहीपनि छुट्नु भएको छैन, सरकारसँगको सहमतिबाट म मात्रै छुटेको हो,’ उनले थपे ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७