नोबेल मेडिकल कलेजमा तनाब : कक्षा छिर्न रोकिएपछि विद्यार्थीले गरे तोडफोड


२५ पुष २०७८, आईतवार
Nobel Medical Coleege

मोरङ । अतिरिक्त शुल्क नतिरेका विद्यार्थीहरूलाई कक्षा प्रवेशमा रोक लगाएपछि मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा विवादको समाधान नभएसम्म कक्षा सञ्चालन नगर्ने भनेर नोबेल मेडिकल कलेज सहमत भएको थियो । तर, नोबेलले यसअघि भएको सहमतिविपरीत आइतबार एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन गरको हो ।

Nobel 4

लगातार आन्दोलनमा उत्रिएका विद्यार्थीले आइतबार प्रदर्शनलाई जारी राख्दै कलेज प्रशासनको विरोध गरेका हुन् । विद्यार्थीको प्रदर्शनका कारण नोबेल मेडिकल कलेजको अवस्था तनावग्रस्त बन्यो । सुरक्षार्थ खटिएका प्रहरीले बल प्रयोग गरेपछि केही विद्यार्थी घाइतेसमेत भएका छन् ।

jhadap

विद्यार्थीको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन् । विद्यार्थी संगठनका प्रतिनिधिले सहमति विपरीत कक्षा सञ्चालन गरेको भन्दै कलेजमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७