राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित, चुनाव चिन्ह प्रदान (सूचीसहित)


२५ पुष २०७८, आईतवार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । आउँदो माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज (आइतबार) प्रकाशित भएको छ । निर्वाचन आयोगले आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । यससँगै आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।

आयोगले राप्रपाका उम्मेदवारलाई हलो, नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई कलम, जसपाका उम्मेदवारलाई ढल्केको छाता तथा एमालेका उम्मेदवारलाई सूर्य र काँग्रेस उम्मेदवारलाई रुख चुनाव चिन्ह प्रदान गरेको छ ।

यस्तै लोसपाका उम्मेदवारलाई साइकल, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलकारभित्र हँसिया हथौडा तथा नेमकिपाका उम्मेदवारलाई मादल चिन्ह प्रदान गरिएको आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रियसभाको १२ गते हुने चुनावबाट १९ जना निर्वाचित हुनेछन् ।

यसैबीच निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता जारी गरिएको छ । आचारसंहिता सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दललगायतमा लागू हुनेछ ।
हेर्नुस् उम्मेद्वार र निर्वाचन चिन्हको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७